दफा ४९
प्रोवेशन अधिृकत वा प्यारोल अधिकृत तोक्ने
(१) नेपाल सरकारले सामुदायिक सेवा वा पुनस्र्थापना कार्यमा काम गरेका व्यक्तिलाई प्रोवेशन अधिकृत वा प्यारोल अधिृकत नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रोवेशन अधिकृत वा प्यारोल अधिकृतको योग्यता, सेवाका शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।